file photo

काठमाडौँ — विश्वकै प्रदूषित सहरमा खराब १० भित्रको सूचीमा परेको छ । मंगलबार विहानको तथ्यांकअनुसार काठमाडौँको वायु विश्वको ९औं प्रदूषित सहरभित्रको सूचीमा छ ।

वायुको गणस्तर मापनका आधारमा यस्तो सूची सार्वजनिक गर्ने आईक्युएयरका अनुसार मंगलबार काठमाडौँ  विश्वकै प्रदूषित सहरको छैठौं स्थानमा थियो । स्विट्जरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार अहिले काठमाडौंको वायुको गुणस्तर ‘अस्वस्थकर’ स्तरमा छ ।

केही दिनदेखि काठमाडौँ उपत्यकाको वायुमण्डल सफा छैन । पोलुनस डट जीओभी डट एनपीका अनुसार बुधबार कीर्तिपुर क्षेत्रको वायुमण्डल बढी प्रदूषित छ । पोखरा, सिमारा, भरतपुर, धनकुटा र नेपालगञ्ज क्षेत्रको वायु पनि प्रदूषित अवस्थमा पुगेको छ ।

नेपाल सरकारले पनि काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा वायु प्रदूषण आपत्कालसम्बन्धी व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले तीन माघ २०७६ मा पारित गरेको यो कार्ययोजनामा स्पष्ट रुपमा ३०० एक्यूआई नाघेपछि विपद् घोषणा गर्ने भनिएको छ । अहिले काठमाडौँको एक्यूआई १६०को हाराहारीमा छ ।

बुधबार, ९ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान