Trending
काठमाडौँ – प्युठानबाट दाङ जाँदै गरेको यात्रु बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको जानकारी गराउनुभयो ।
साढे १२ बजेतिर दुर्घटना भएको र अहिले पनि स्थानीय तथा प्रहरी मिलेर उद्धारको कार्य जारी रहेको डिएसपी थापाले बताउनुभयो । प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिबार मध्याह्न दुर्घटना भएको हो ।
दुर्घटनाका घाइतेलाई उद्धार गरी स्वास्थ्य चौकीमा पुर्याउने कार्य जारी रहेको डिएसपी थापाले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।