Trending
काठमाडौँ – काठमाडौँको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी काठमाडौँ प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
एसपी मैनालीले कक्षा ११ मा अध्ययरत चौलागाईं र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएको बताउनुभयो । उनी बिहीबार होली खेल्न आफन्तकोमा गएकी थिइन् ।
उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज, जोरपाटी लगिएको मैनालीले बताउनुभयो ।