काठमाडौँ – मकवानपुरमा पनि बर्डफ्लू भेटिएको छ । जिल्ला पशु सेवा विज्ञ केन्द्र हेटौंडाका अनुसार मकवानपुरका कुखुरामा बर्डफ्लूको संक्रमण देखिएको हो।

केन्द्रले भीमफेदी गाउँपालिका–२ आँपचौरस्थित लिला थिङको खोरमा रहेका कुखुरामा बर्डफ्लू पुष्टि भएको जानकारी दिएको छ। थिङको खोरमा पालिएका कुखुरा धमाधम मर्न थालेपछि ल्याब परीक्षण गर्दा बर्डफ्लू ’एच फाइभ एन वन’ संक्रमण पुष्टि भएको कार्यालय प्रमुख डा. ब्रजकिशोर ठाकुरले बताए ।

उनका अनुसार हालसम्म थिङको खोरका टर्की ४३, लोकल कुखुरा १८, ब्रोइलर १४, परेवा २० र लौकाट ६ वटा मरिसकेका छन् । कुखुरा मरेपछि फागुन २८ गते ल्याब परीक्षण गर्न काठमाडौंस्थित पशु रोग अन्वेषण प्रयोगशालामा नमुना पठाइएकोमा बर्डफ्लू पुष्टि भएको रिपोर्ट प्राप्त भएको भन्दै ठाकुरले अब कुखुरा नष्ट गर्ने बताए ।

पछिल्लो समय देशको विभिन्न स्थानमा निरन्तररुपमा बर्डफ्लु देखिरहेको छ ।

 

मङ्लबार, १ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान