Trending
काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार ८७९ एन्टीजेन परीक्षण गर्दा आठ जना गरी कुल ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा चार हजार ८१९ सक्रिय संक्रमित छन् भने १४८ जना संक्रमणमुक्त भएका छन् । आज मुत्यु हुनेको संख्या भने शुन्य रहेको छ ।