Trending
काठमाडौँ – रुसले सैन्य एवं आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीको दाबीलाई चीनले खण्डन गरेको छ ।
अमेरिका दुई जना अधिकारीले विभिन्न पत्रिकामा आएका विवरण अनुसार युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेलगत्तै रुसले चीनसँग ड्रोनसहित सैन्य एवं आर्थिक सहयोग मागेको दाबी गरेका थिए । अमेरिकास्थित चिनियाँ दूताबासले उक्त दाबीलाई खण्डन गरेको छ ।
चिनियाँ दूताबासका प्रवक्ता लिउ पेङयूले सैन्य एवं आर्थिक सहयोग मागेको कुरा आफूले ‘कहिल्यै नसुनेको’ भन्दै अमेरिकी अधिकारीको दाबी खण्डन गरेका हुन् ।