Trending
काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३७४ एन्टीजेन परीक्षण गर्दा १५ जना गरी कुल ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ भने १८९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल देशभरमा पाँच हजार २१२ सक्रिय संक्रमित छन् ।