Trending
काठमाडौँ – जग्गा जालसाजी गरेको आरोपमा भोटखोला गाउँपालिका वार्ड नम्बर–४ का वडाध्यक्ष किङ्साङ भोटेसहित ७ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले वडाध्यक्ष भोटेसहित ७ जनालाई जग्गा किर्ते गरेको आरोपमा पक्राउ गरेर अनुसंधान गरी रहेको जानकारी दिनुभयो । उहाँले अपर अरुण आयोजनास्थल मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय एक ७५ बर्षिय बृद्धालाई ललाई फकाई गरेर पास गरेको खुलेको बताउनुभयो ।
मुआब्जा भित्र पर्ने २७ रोपनी जग्गा एकलाख रुपैया दिएर पास गरेको खुलेको हो । जग्गा किर्ते गर्नको लागि ठूलै गिरोह लागेको भन्दै नायव सुब्बा र कर्मचारीसमेत पक्राउ परेको जानकारी दिनुभयो । उहाँले यसमा अन्य पनि पक्राउ पर्न सक्ने बताउनुभयो ।
पक्राउ परेका भोटे एमालेवाट निर्वाचित वडाध्यक्ष हुन् ।