Trending
काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेको छ ।
छापावाल सुनको मूल्य आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज तेजावी सुनको मूल्य तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि तोलमा १० रुपैयाँले बढेको छ । चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।