काठमाडौँ – लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।

बिहीबार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवलोकन गर्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य र शिक्षा संवेदनशील क्षेत्र भएकाले राजनीतीकरण गर्न नहुने बताउनुभएको हो । उहाँले मेडिकल साइन्स् जीवन प्रदान गर्ने क्षेत्र भएकाले निष्पक्ष ढंगले काम गर्दै स्वास्थ्य सेवाको विकासमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तारसँगै मेडिकल शिक्षा सञ्चालन गर्न समेत उहाँले आग्रह गर्नुभयो । शेरचनले प्रतिष्ठानको स्तरउन्नतिका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार भएको बताउनुभयो ।

त्यस्तै प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछानेले आगामी शैक्षिक सत्रदेखि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।

 

बिहिबार, २६ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान