Trending
काठमाडौँ — विश्वमै पहिलोपटक मानव शरीरमा सुँगुरको मुटुको सफल प्रत्यारोपण गरिएका डेभिड बेनेटको मृत्यु भएको छ ।
मुटु प्रत्यारोपण गरेको दुई महिनापछि उनको मृत्यु भएको हो। उनमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो। उनमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो।
मुटु प्रत्यारोपण गर्ने व्यक्ति अमेरिकाका ५७ वर्षीय डेभिड बेनेट हुन् । बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको थियो । बेनेटका छोरा डेभिड बेनेट जुनियरले अपरेसनले काम गर्दैन भन्ने थाहा भए पनि बुवाले चिकित्सा क्षेत्रमा नयाँ खोजमा सहयोग पुर्याउन तयार भएको बताएका छन् ।
सन्ताउन्न वर्षीय बेनेटको मंगलबार मार्च ८ मा निधन भएको हो।