प्रधानमन्त्री सुशीला कार्कीले महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गरेमा मात्र लोकतन्त्र सुदृढ र संविधानको मर्म कार्यान्वयन हुने बताएकी छिन्।

११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समृद्ध, न्यायपूर्ण र समतामूलक नेपाल निर्माणका लागि महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गर्नु अपरिहार्य रहेको बताएकी हुन्।

‘जब महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गर्नेछन्, तब मात्र लोकतन्त्र सुदृढ हुन्छ, तब मात्र संविधानको मर्म कार्यान्वयन हुन्छ, तब मात्र समृद्ध, न्यायपूर्ण र समतामूलक नेपाल निर्माण सम्भव हुन्छ,’ उनले भनेकी छिन्।

साथै उनले सम्पूर्ण सरोकारवालाहरूलाई लैंगिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन हातेमालो गर्न पनि आह्वान गरेकी छिन्।

प्रधानमन्त्री कार्कीले पछिल्ला दशकमा राज्यका विभिन्न संरचनामा महिला सहभागिता उल्लेखनीय रूपमा बढेकोतर अझै पनि महिलाहरू विभेद, असमान अवसर, लैंगिक हिंसा र संस्कृतिजन्य असमानताबाट भने मुक्त नरहेको उल्लेख गरेकी छिन्।

‘अझै पनि धेरै महिलाहरू गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सम्मानजनक रोजगारी र नेतृत्व तहमा सार्थक सहभागिताबाट वञ्चित छन्। उनीहरूलाई ‘अझै विश्वास गरिहाल्ने र!’ भन्ने मनोविज्ञान ज्यूँका त्यूँ छ। हिजो चुलाचौकामा बेहोरेको विभेदको नयाँ स्वरुप आज कार्यस्थलमा छ,’ प्रधानमन्त्री कार्कीको भनाइ छ।

अबको लक्ष्य केवल महिलाको सहभागिता बढाउने मात्र नभइ अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नु रहेको उनले बताएकी छिन्।

प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय महिला दिवसलाई महिलाको अधिकार, समानता र सम्मानका लागि गरिएको ऐतिहासिक संघर्षको दिनका रूपमा स्मरण गरेकी छिन्। यो उपलब्धिहरूको समीक्षा गर्ने, अपूर्ण कार्यहरूको पहिचान गर्ने र समतामूलक समाज निर्माणका लागि नयाँ संकल्प गर्ने दिन पनि रहेको उनको भनाइ छ।

आइतवार, २४ फाल्गुन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान