नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएकी हुन् । आन्दोलनपछि जेन–जी प्रतिनिधिहरुलाई कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको थियो । सोही सिफारिसबमोजिम राष्ट्रपति पौडेलले कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गरेका थिए ।

संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनाल भने सहभागी भएनन् । नवनियुक्त प्रधानमन्त्री कार्की सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीशसमेत हुन् ।

शुक्रबार, २७ भदौ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई