file photo

कोशी प्रदेशमा कुल वन क्षेत्रको ७१ प्रतिशत भाग समुदायद्वारा संरक्षित सामुदायिक वनको अधीनमा रहेको तथा त्यसबाट पाँच लाख ८२ हजार ६४९ परिवार लाभान्वित भएका छन्।

प्रदेशको ६ लाख ५७ हजार ४२१ हेक्टर क्षेत्रफल वनमध्ये चार लाख ६७ हजार ७९ हेक्टर सामुदायिक वनले ओगटेको धरानस्थित कोशी प्रादेशिक वन निर्देशनालयका सहायक वन अधिकृत सुशान्त पोखरेलले जानकारी दिए।

देशको वन क्षेत्रलाई सञ्चालनका आधारमा सामुदायिक, कबुलियत, निजी, धार्मिक, साझेदारी र सरकारद्वारा व्यवस्थित वन गरी ६ भागमा वर्गीकरण गरिएको छ। कोशी प्रदेशमा निजी र धार्मिक वनको क्षेत्रफल न्यून छ। प्रदेशका १३७ पालिकामा तीन हजार ७२१ वटा सामुदायिक वन छन्।

प्रदेशमा चार हजार २३७ हेक्टर क्षेत्रफल ओगटेको ९८२ वटा कबुलियत वन, दुई हजार ८९ हेक्टर क्षेत्रफल ओगटेको दुई हजार ८७ वटा निजी वन, ४९५ हेक्टर क्षेत्रफल ओगटेको ५४ वटा धार्मिक वन र सात हजार ३१२ हेक्टर क्षेत्रफल ओगटेका चारवटा साझेदारी वन छन्।

कबुलियत वनमा आठ हजार ८३८, निजीमा दुई हजार ८७, धार्मिकमा ५४ वटा धार्मिक संस्था र साझेदारीमा एक लाख ६३ हजार ७८० परिवार आबद्ध छन्। प्रदेशका सामुदायिक वनमध्ये ४९ वटाले पर्यापर्यटन गतिविधि सञ्चालन गर्दै आएका छन्। रासस

आइतवार, २२ भदौ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !