मकवानपुरको राक्सिराङका चेपाङ र तामाङ समुदाय पछिल्लो समय सिपसँग जोडिन थालेका छन् ।

विभिन्न सङ्घ संस्थाले पालिका र प्रदेश सरकारसँग सहकार्य गरेर सञ्चालन गर्ने स्वरोजगारमूलक तालिममा जोडिएर चेपाङ र तामाङ समुदाय सिप सिक्न थालेका हुन् । राक्सिराङका थापाबहादुर दोङले केराको रेसाबाट नेपाली कागज उत्पादन गर्ने सिपबाट आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिनुभयो ।

उहाँले केरा खेती गर्न पालिकाले सार्वजनिक जग्गा उपलब्ध गराए सामूहिक रूपमा केरा खेती गरेर कागज उत्पादन गर्दै आत्मनिर्भर बन्न सक्ने बताउनुभयो । इलिना चेपाङले स्वरोजगारमूलक सिपले युवालाई प्रोत्साहन मिलेको बताउनुभयो । तालिमसँगै बजारीकरणलाई स्थानीय तह र प्रदेश सरकारले सहजीकरण गरिदिए युवालाई सिपसँग जोडिन थप ऊर्जा मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा महिलालाई सशक्तीकरण गर्ने थप तालिमको माग गर्नुभयो । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सञ्चालित एकमहिने नेपाली कागज उत्पादन र ३९० घण्टासम्म चलाइएको केयर गिभरसम्बन्धी तालिमको समापन गर्दै बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले युवालाई स्वदेशमै रोजगारी दिने वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सीमान्त समुदायलक्षित योजनालाई प्राथमिकता दिएर अघि बढ्ने बताउँदै उहाँले सीमान्त समुदाय रहेका मकवानपुर, चितवन, सिन्धुली र रामेछाप जिल्लामा बिउ पुँजीसहित कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

संविधान सभा सदस्य गोविन्दराम चेपाङले गाँजा खेती रोक्न युवालाई वैकल्पिक रोजगारी दिने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । तामाङ र चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङमा गाँजा खेतीको विकल्प दिन सङ्घीय, प्रदेश र स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले प्रदेश तथा सङ्घ सरकारले आफूहरूको क्षेत्रको विकासमा प्राथमिकता नदिएको गुनासो गर्नुभयो । उहाँले अल्पसङ्ख्यक र पिछडिएको चेपाङ क्षेत्रलाई हेला भएको गुनासो गर्नुभयो ।

नेपाली कागज उत्पादन तालिम उद्योग तथा वाणिज्य कार्यालय, मकवानपुरको आर्थिक सहयोगमा जिल्ला लघु उद्यम सङ्घ (डिमेगा) मकवानपुरले सञ्चालन गरेको हो । राक्सिराङ गाउँपालिका र प्रदेश व्यावसायिक शिक्षा तथा तालिम परिषद्को आर्थिक सहयोगमा हाम्रो प्रशिक्षण केन्द्रले ३९० घन्टे केयर गिभर तालिम प्रदान गरेको थियो । डिमेगा मकवानपुरका अध्यक्ष दीपेन्द्र रोक्काको अध्यक्षतामा तालिम समापन भएको थियो ।

बिहिबार, ५ असार, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !