यहाँको बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने तालिम सञ्चालन गरेको छ। बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छाैँ’ कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाइएको हो।

कक्षा ८, ९ र ११ मा पढ्ने २५ जना विद्यार्थीलाई उनीहरुको रुचीअनुसार १५ दिने कपाल काट्ने तालिम सञ्चालन गरेको विद्यालयका प्रधानअध्यापक दिपक श्रेष्ठले बताए। ‘विद्यार्थीहरुको माग र रुचीअनुसार कपाल काट्ने तालिम छनोट गरिएको हो’ उनले भने।

यही जेठ २६ गतेदेखि सुरु भएको तालिम असार १० गतेसम्म सञ्चालन हुनेछ। विद्यार्थीलाई बेनीका अभिशेक श्रेष्ठले कपाल काट्ने तालिम दिइरहेका छन्। दिउँसो ४ बजे विद्यालयको नियमित कक्षाको पठनपाठन सकिएपछि दुई घण्टाका दरले तालिम सञ्चालन गरिएको छ।

तालिममा सहभागी कक्षा ११ का छात्र सुयोग रेग्मीले घरपरिवारका सदस्यको कपाल काटेपनि खर्च बचत हुने र भविष्यमा व्यवसाय सञ्चालनका लागि सिकेको सीपले सहज हुने बताए। प्रअ श्रेष्ठका अनुसार बेनीमा सार्वजनिक बिदाका दिनमा सैलुनमा कपाल काट्न घण्टाैँसम्म पालो पर्खनुपर्छ।

विद्यार्थीले सिकेको सीपको सदुपयोग गरेर सामुहिक व्यवसाय सञ्चालन गर्न चाहेमा विद्यालयले सटर उपलब्ध गराउने प्रअ श्रेष्ठले जानकारी दिए। ‘गत वर्ष प्लम्बिङ र अघिल्लो वर्ष कपाल काट्ने तालिम दिइएको थियो’ उनी भन्छन्, ‘विद्यालयले प्लम्बिङ, हेयर कटिङ र वायरिङसम्बन्धी सेवा दिन आफ्नै भवनको सटरमा पसल खोल्ने योजना छ।’

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाएर विद्यार्थी र शिक्षालाई श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख सुरत केसीकाे भनाइ छ। बेनी नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा हामी सक्छौँ, हामी गर्छौँ कार्यक्रमका लागि एक/एक लाखका दरले १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ। बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब पाँच सय जना विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ। रासस

शुक्रबार, ३० जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !