file photo

बेनी नगरपालिका-१० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीले च्याउखेती थालेका छन्। कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना विद्यार्थीले सामूहिक रूपमा ‘केन्ये’ जातको च्याउखेती गरेका हुन्।

विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप सिकाउने र उद्यमशील बनाउने उद्देश्यले बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रमको सहयोगमा च्याउखेती गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु ढुंगानाले जानकारी दिए।

शुक्रबार र शनिबार टुक्रा पारेको २० भारी पराल आइतबार बिहान पकाएर १ सय ५० वटा प्लास्टिकको थैलामा च्याउको बीउसहित विद्यालयको हाल प्रयोगविहीन पुरानो वडा कार्यालय भवनमा सेड बनाएर राखेका छन्।

उत्पादन भएको च्याउ विद्यालयको दिवा खाजामा प्रयोग गर्ने, बढी भएको स्थानीय र सदरमुकाम बेनी बजारमा बेच्ने विद्यालयको योजना छ। विद्यार्थीलाई बेनी नगरपालिकाका कृषि प्राविधिक दिव्या बरालले च्याउखेती प्रविधिसम्बन्धी सैद्धान्तिक र व्यावहारिक तालिम दिएकी हुन्।

‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत दीपक माविका ४६ जना विद्यार्थीलाई आर्थिक वर्ष २०८०/८१ मा भित्तेलेखन र आव २०७९/८० मा वायरिङसम्बन्धी तालिम दिइएको थियो। चालु आर्थिक वर्षमा दीपक माविसहित बेनी नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको छ।

विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख शुरत केसीले बताउँछन्। कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले प्रत्येक विद्यालयलाई १ लाख सहयोग गरेको छ। दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउन कार्यक्रम सहयोगी बन्ने अपेक्षा गरिएको छ। रासस

सोमवार, ५ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान