file photo

आर्थिक वर्ष २०८०/८१ मा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागु भएको छ ।

स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन २०८०/८१ मा विद्यालय नर्स कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागु भएको उल्लेख गरेको छ ।

उक्त प्रतिवेदन अनुसार उक्त कार्यक्रम नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाअन्तर्गत १९ प्रतिशत अर्थात २६० वटा विद्यालयमा लागु भएको छ भने बाँकी एक हजार १२७ विद्यालयमा प्रदेशअन्तर्गत लागु भएको छ । केही निजी विद्यालयले पनि यो कार्यक्रम लागु गरेका प्रतिवेदनले उल्लेख गरेको छ ।

यो कार्यक्रम सबैभन्दा बढी बागमती प्रदेशका विद्यालयमा लागु भएको छ । बागमती प्रदेश सरकारले ८६८ वटा विद्यालयमा यो कार्यक्रम लागु गरेको छ ।

त्यसैगरी, कोशी प्रदेशमा १८०, मधेश प्रदेशमा ७६, गण्डकी प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १०२, सुदूप्रश्चिम प्रदेशमा ३६ वटा विद्यालयमा यो कार्यक्रम लागु भएको छ ।

सरकारले २०७६/७७ मा विद्यालयमा स्वास्थ्यका समस्या समाधान गर्न र विद्यार्थीका माध्यमबाट अभिभावकलाई स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम बागमती प्रदेशबाट पाइटल कार्यक्रको रूपमा सुरु सञ्चालन गरेको थियो ।

सोमवार, ५ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान