भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेर आठ लाख रुपैयाँ आम्दानी गरेका छन्। उनको सम्पूर्ण लागत खर्च हो, छ लाख । यो लागतमा उनले करिब १४ लाखको आलु उत्पादन गरेको बताए ।

तीन महिना मेहनत गरेर आलुखेतीबाट आठ लाख आम्दानी गरेको महतोको भनाइ छ । १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख चोखो आम्दानी भएको उनले बताए ।

‘समस्या विभिन्न छन्, मजदुर, खाद्यमलको अभाव छ । तर तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ। यो स्वदेश मै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो’, मेहताले भने ।

भोक्राहाका अधिकांश किसानले हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती रोज्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए। यहाँ काडिनल, जनक, कुफरी जपी, भुटानी, सठिया, टिपिएसलगायत जातका आलु फल्ने गरेको उनले बताए । कृषि ज्ञान केन्द्र समग्रमा वार्षिक तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ ।

बिहिबार, ४ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !