कर्णाली प्रदेशकै पहिलो अस्थाई पर्यटन पोष्ट रारा ताल्चामा स्थापना गरिएको छ। आन्तरिक तथा वाह्य पर्यटकहरुको सुरक्षाका लागि यस्तो पोष्ट स्थापना गरिएको छ।

नेपालकै सबैभन्दा ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकहरुको सुरक्षाका लागि पर्यटक प्रहरी राख्न २०८१ माघ २५ गते पर्यटन विभाग र छाँयानाथ रारा नगरपालिकाबीच सम्झौता भए अनुसार सोमबार एक समारोहबीच पोष्ट स्थापना गरिएको हो।

तत्काल प्रहरी सहायक निरीक्षकसहित पाँच जनाको टोली पोष्टमा रहने र नागरिकहरुको सहायतामा पर्यटकहरुको सुरक्षामा खटिने प्रहरी नायव उपरीक्षक सरोज गिरीले बताए।

रारालगायत मुगुका बिभिन्न पर्यटक क्षेत्रमा घुम्न आउने पर्यटकहरुको शान्ति सुरक्षाका लागि लामो प्रयासपछि पर्यटन विभागका निर्देशक लिलाधर अवस्थी र छाँयानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपती शाही बीच सम्झौतामा हस्ताक्षर भएको थियो।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पर्यटक प्रहरीको जनशक्ति, दरबन्दी र प्रहरी पोष्टको व्यवस्थापन गर्ने र नगरपालिकासंग सहकार्य र समन्वय गरि पर्यटकहरुलाई कामकाजमा खटाउने उल्लेख गरेको छ।

नगरपालिकाले रारामा पर्यटक प्रहरीलाई बस्नको लागि घर, खानेपानी, विजुलीलगायतका आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने र पर्यटक प्रहरीका लागि उचित कार्य वातावरण निर्माण गर्नुपर्नेछ।

सम्झौता अनुसारपछि सर्नेगरी छाँयानाथ रारा नगरपालिका वडा नम्बर ४ ताल्चामा अस्थाई पर्यटन पोष्ट स्थापना गरिएको हो।

शुक्रबार, २९ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो