काठमाडौं महानगरपालिकाले जारी माध्यामिक शिक्षा परीक्षा (एसईई) दिने परीक्षार्थीका लागि सवारी साधनको व्यवस्था गरेको छ ।

आज गणतन्त्रवादी र राजावादीका प्रदर्शनले यातायात सेवा प्रभावित हुनसक्ने भएपपछि विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन महानगरपालिकाले सहयोग गर्ने सवारीको व्यवस्था गरेको हो । परीक्षा दिएर फर्किने क्रममा सवारी साधनको अभाव भए विद्यार्थीहरूलाई गन्तव्यमा पुर्‍याउन महानगरपालिकाले व्यवस्था मिलाएको जनाएको छ ।

महानगरपालिकाका मुख्य चार क्षेत्रबाट विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउने व्यवस्थाको जिम्मेवारी नगर प्रहरी बललाई दिइएको छ । विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउने दिइएको जिम्मावारी अनुसार बानेश्वरमा नगर प्रहरी उपरीक्षक दिनेकुमार अर्याल, रत्नपार्कमा नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, नयाँ बसपार्कमा नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्ट र टेकु क्षेत्रमा नगर प्रहरी निरीक्षक प्रकाश पण्डित नेतृत्वको टोली खटाइएको छ।

सम्पर्क विवरण

न.प्र.उ दिनेश कुमार अर्याल – ९८५१०६८०९६ (वानेश्वर)

न.प्र.उ मनोज प्रसाद लामिछाने – ९८५१०९३१७६ (रत्नपार्क)

न.प्र.ना उ पूर्णचन्द्र भट्ट – ९८५१२३३६३३ (नयाँ बसपार्क)

न.प्र.नि प्रकाश पण्डित – ९८५१०५६३४६ (टेकु)

हटलाइन : ०१५९०१७६४

शुक्रबार, १५ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो