केही वर्ष अघिसम्म सफा हुने वाग्मतीको माथिल्लो भाग पछिल्लो समय प्रदूषित बन्दै गएको छ । गोकर्णेश्वर महादेव मन्दिर मुन्तिरको वाग्मती पनि पछिल्लो समय धेरै प्रदूषित भएको स्थानीयवासीको गुनासो छ ।

नदी बढी प्रदूषित हुन थालेपछि वाग्मती सफाइ महाअभियानले शनिबार गोकर्णेश्वर महादेव मन्दिरमुनिको बाँधस्थलमा सफाइ गरेको छ । वाग्मती सफाइ महाअभियानको छ सय १५औँ हप्ताका अवसरमा आयोजना गरिएको सफाइ कार्यक्रमबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा भएको वाग्मती सफाइ महाअभियानको छ सय १५औँ शृङ्खलामा नगरप्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामासहित कर्मचारी, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायण भण्डारी, गोकर्ण नगरपालिका–४ का अध्यक्ष जयराम महत, वडा नं ८ का अध्यक्ष नन्दलाल श्रेष्ठसहित जनप्रतिनिधि, मितेरी मार्ग संरक्षण समाजका अध्यक्ष पासाङ तामाङसहित पदाधिकारी, लायन्स क्लब अफ संसराका अध्यक्ष विकास थापासहित टोली, माथिल्लो वाग्मती सरसफाइ अभियान, अभियानका प्रमुख लीलामणि पौड्याललगायत सफाइ अभियानकर्मी सहभागी भएका थिए ।

आउँदो शनिबार पशुपति राममन्दिर अगाडि, वाग्मती नदी किनारबाट पञ्चदेवल हुँदै भुवनेश्वरी मन्दिरसम्मको भाग सफाइ गर्ने निर्णय गरिएको छ ।

आइतवार, ११ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान