हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली र बरङ्जा जोड्ने सात किलोमिटर ग्रामीण सडकको स्तरोन्नति १८ वर्षपछि प्रारम्भ भएको छ ।

बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली र ४ नम्बर वडा बास्कुनाका साथै मङ्गला गाउँपालिकाको वडा नं २ र ३ मा उत्पादन भएका कृषिउपजलाई बेनीसम्म पु¥याउन र बेनीबाट खाद्यान्न, निर्माण सामग्रीलगायत उपभोग्य वस्तुहरु गाउँ ल्याउन सहज भएको छ ।

उक्त सडकअन्तर्गत बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर ग्राभेल र दूधेखोलादेखि भकिम्लीतर्फको तीनसय ९० मिटर सडक ढलान गरिएको छ ।

गण्डकी प्रदेश सरकारको रु दुई करोडको लागतमा उक्त खण्डको स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालयका सव–इञ्जिनियर रवीन चोखालले बताए ।

यो सडक बेनी नगरपालिकाको वडा नं २ बगरफाँट, वडा नं ३ भकिम्ली, मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडाका बासिन्दा तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

यस योजनाबाट बगरफाँटदेखि दूधेखोलासम्मको साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने खण्डमा तीनसय ९० मिटर ढलान गरिने छ ।

बिहिबार, १ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !