काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रको वाग्मती सफाइमा जुट्न थालेका छन्। महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि वाग्मती सफाइमा केन्द्रित भएका थिए।

वाग्मती सफाइ महाअभियानको ६१०औँ हप्तामा वडासदस्य टेकराज अधिकारी, रचना सुनाम, सृजना भेटवाल, कामनपा वडा नं ११ का अध्यक्ष हिरालाल तन्डुकारलगायत जनप्रतिनिधिको सक्रियतामा सफाइ गरिएको थियो।

स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, कामनपा वातावरण विभाग टेकु, वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालसहित वाग्मती सफाइ अभियानकर्मी पनि सफाइमा सक्रिय भएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।

त्यस क्षेत्रको वाग्मती किनारबाट तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको पनि उनले सुनाए। कामनपा वातावरण विभाग टेकुको ट्रकमा उठाइएको सबै फोहर व्यवस्थापन गरिएको थियो।

कामनपा वडा न ९ र ८ संयुक्त पहलमा आजदेखि महानगरीय प्रहरी बलका प्रहरी नायब उपरीक्षक शिव पौडेलको नेतृत्वमा २० जनाले तिलगङ्गा वाग्मती पुलबाट प्रयागघाटसम्म दायाँबायाँ किनारमा सरसफाइ एव बिरुवा गोडमेल गर्ने गरी कार्यक्रम बनाइएको अभियानकर्मी शाहीले बताए।

गत शनिबार वडा नं ८ का अध्यक्ष आशामान सँगतको नेतृत्वमा पशुपति क्षेत्रस्थित नदी किनारमा सफाइ गरिएको थियो। विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार नियमित रूपमा वाग्मती किनारमा हुने गरेको छ।

आइतवार, ६ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !