file photo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले खुट्टा नकमाई ढुक्कले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

शुक्रवार काठमाडौँमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन्। उनले सरकारले जलविद्युत् उत्पादनमा देखिएका समस्या समाधान गर्ने बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे।

उनले मुलुकको अवरोध गरेका सबै कुरा फुकाउँदै अगाडि बढेको बताए। उनले सरकार निजी क्षेत्रसँग मिलेरै अगाडि बढ्ने बताउँदै डर नमानी, खुट्टा नकमाई जलविद्युत्‌मा लगानी गर्न आग्रह गरे। उनले जलविद्युत् उत्पादनमा रहेका समस्या समाधान गर्ने बताए।

मन्त्री खड्काले भने‚ ‘जलविद्युत् उत्पादनमा समस्या छन्‚ समस्याको समाधान सरकारले नै गर्ने हो। सरकार र निजी क्षेत्र मिलेर नै समस्या समाधान गर्ने हो। समृद्धि, सुशासन, रोजगारी सिर्जनाका लागि नै काम गर्ने हो। सरकार र निजी क्षेत्रको लक्ष्य एउटै हो। निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्न चाहन्छु।’

सरकार र निजी क्षेत्रको लक्ष्य एउटै रहेको बताउँदै उनले समृद्धि, सुशासन, रोजगारी सिर्जना गर्ने बताए। उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले सरकारले पीपीए नरोक्ने बताए। उनले सरकारले लिएको लक्ष्य पूरा गर्न पीपीए नरोकिने उल्लेख गरे।

उनले जलविद्युत् उत्पादन क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिमा सुधार गर्न तयार रहेको बताए। उनले समृद्धिका निम्ति अध्यादेश ल्याएको दावी गर्दै राम्रो काम गर्दा विवाद र रुवाबासी गर्न आवश्यक नभएको बताए। उनले सरकार राम्रो कामका लागि आँखा चिम्लेर अगाडि बढ्ने उल्लेख गरे।

शुक्रबार, ४ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !