सरकारले गाईजात्रा र श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।

बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले यही भदौ ७ गते सोमवार गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका तथा मुलुकभरका नेवार समुदायका लागि र भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन ।

यसैगरी आजको बैठकले डिल्लीराम शर्मालाई सचिव पदमा बढुवा गर्ने निर्णय गर्नुका साथै नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

यस्तै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले दिएको राजीनामा गएको साउन २२ गतेबाट लागु हुने गरी स्वीकृत गरेकोसमेत प्रवक्ता कार्कीले जानकारी दिए ।

बिहिबार, ३ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !