विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरुमा पिङ हाल्ने क्रम बढेको छ । दसैंका बेला भुइँ छाड्नु पर्छ भन्ने मान्यता रहँदै आएको छ । सोही बमोजिम जिल्लाका विभिन्न ठाउँमा युवा क्लवहरुले लिङ्गे तथा रोटे पिङ हालेर संस्कृति संरक्षणमा जुटेका छन् ।

भानु नगरपालिका–१३ सम्जुरमा युवाहरुले छ पिर्के रोटे पिङ बनाएका छन् । पछिल्लो पुस्ताको वेवास्ता र बढ्दो युवा पलायनका कारण गाउँमा पिङ देख्नै मुस्किल भएपछि आफूहरुले रोटे पिङ बनाएको सम्जुरका युवा अर्जुन बानियाँले बताए ।

उनले भने, ‘विगतमा दसैं सुरु हुनुभन्दा गाउँमा पिङ बनाइन्थ्यो, पिङ खेल्दै रमाइलो हुन्थ्यो । तर आजभोलि समय त्यस्तो छैन । गाउँमा युवा नै पाउन छाडियो ।’ वैदेशिक रोजगारीका लागि युवा विदेशिने क्रम बढेपछि गाउँमा पिङ देख्नै छाडिएको उनको भनाइ छ । उनले भने, ‘पिङको संस्कृति संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी गाउँमा भएका युवा मिलेर पिङ हालेका छौ ।’

यस्तै व्यास नगरपालिका–१२ कमलाबारीमा अकला युवा क्लवले लिङ्गे पिङ बनाएको छ । दसैँमा पिङ हाल्ने संस्कृतिको संरक्षणका लागि युवाहरु मिलेर पिङ हालेको क्लवका तारा पन्थले बताए । उनले भने, ‘पिङ हालेको देखेपछि दसैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नु पर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ ।

गाउँघरमा हवाइजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाइजहाज चढ्न नसक्नेहरुले वर्षमा एक पटक भए पनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन रहँदै आएको छ ।’ म्याग्दे गाउँपालिका–१ गुणादीमा फ्रेण्डसीप युवा क्लव, व्यास नगरपालिका–१० बैरेनी, शुक्लागण्डकी नगरपालिका–११ थामडाँडा, व्यास नगरपालिका–३ दमौलीमा पनि रोटे तथा लिङ्गे पिङ हालिएको छ ।

सोमवार, २८ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !