बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ ।

उपत्यकाका विभिन्न स्थानमा टीका थाप्न जाने सर्वसाधारणको चहलपहल देखिएको हो । मान्यजनको हातबाट टीका ग्रहण गर्न जानेहरूको पनि चोक चोकमा चहलपहल देखिन्छ ।दसैँमा सुनसानजस्तै देखिने सडकहरूमा सवारी साधनको संख्या बाक्लिएको छ । उपत्यकाका सडकमा आइतबार विशेष गरी निजी चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन धेरै चलेको ट्राफिक प्रहरीले जनाएको छ । सार्वजनिक सवारी साधन भने न्यून देखिएको छ । जसले सार्वजनिक सवारी प्रयोग गरी आवतजावत गर्ने सर्वसाधारणलाई भने समस्या भएको छ ।

दसैँको मुखमा आएको बाढी पहिरो र डुबानका कारण विगतको तुलनामा यस पटक काठमाडौँ छाड्नेको संख्या थोरै थियो । यद्यपि फूलपातीदेखि सडकमा सवारी चाप घटेको थियो । दशैँ मनाउन गएकाहरू पनि उपत्यका भित्रिन थालेका छन् ।

आइतवार, २७ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !