Trending
संखुवासभाका निमारिन्जे शेर्पाले नयाँ कीर्तिमान कायम गरेकाछन् । अहिले विश्वका ८ हजार मिटर अग्ला सबै आर्थात १४ वटा चुचुरो आरोहण गर्ने उनी सबैभन्दा कान्छो व्यक्ति बनेकाछन् । १८ वर्ष ५ महिनाको उल्लेखनीय उमेरमा निमा रिन्जे शेर्पाले ले ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा सबै चुचुरो आरोहण गर्ने सबैभन्दा कान्छा व्यक्ति बनेका हुन् । निमा आज बिहान ६ः०५ मिनेटमा (चीनको स्थानीय समय) शिशापाङ्मा (८,०२७ मिटर) हिमालको शिखरमा पुगेका हुन् । निमाको उल्लेखनीय उपलब्धि सेप्टेम्बर २०२२ मा सुरु भयो जब उनले आफ्नो पहिलो ८ हजार मिटर अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) आरोहण गरे र सफलता प्राप्त गरे । माउन्ट मनासिउ (८१६३ मिटर) – सेप्टेम्बर ३०, २०२२, सगरमाथा (८८४८.८६ मिटर) – २४ मे, २०२३, माउन्ट ल्होत्से (८५१६ मिटर) – २४ मे, २०२३, नाङ्गा पर्वत (८१२६ मिटर) – २६ जुन २०२३,माउन्ट गाशेरब्रम (८०६८ मिटर) – १८ जुलाई २०२३,माउन्ट गाशेरब्रम इल (८०३५ मिटर) – १९ जुलाई २०२३, माउन्ट ब्रोड शिखर (८०४७ मिटर) – २३ जुलाई, २०२३, माउन्ट केटु ८६११ मिटर (२७ जुलाई, २०२३, माउन्ट चो–ओयु (८१८८ मिटर) – ६ अक्टोबर, २०२३, माउन्ट धौलागिरी (८१६७ मिटर) – २९ सेप्टेम्बर, २०२३,अन्नपूर्ण हिमाल आरोहण गरेका हुन् । उन्ले दृढ संकल्प र कौशलले नयाँ रेकर्ड मात्र बनाएका छैनन सारा विश्वभरका पर्वतारोहीहरूलाई पनि प्रेरित गरेकाछन् ।

हिमाल आरोहणको रेकर्डहरू सावधानीपूर्वक कायम राखिएको छ, । पर्वतारोहीहरूले बढ्दो रूपमा जलवायु परिवर्तनको प्रभावलाई प्रत्यक्ष रूपमा देखिरहेका छन् । निमा रिन्जेसबै १४ चुचुराहरू आरोहण गर्ने विश्वकै कान्छा बने । संखुवासभा मकालुका निमा रिन्जे शेर्पा आज बिहान तिब्बतको शिशापाङ्मा हिमालको चुचुरोमा उभिएर ८ हजार मिटरभन्दा अग्ला १४ सबै हिमालको आरोहण गर्ने सबैभन्दा कान्छो व्यक्ति बनेको, आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्सका आरोहण निर्देशक छाङ दावा शेर्पाले पुष्टि गरे । दुई वर्ष र दस दिनमा उनले लगातार एकपछि अर्को अग्लो शिखर आरोहण गरेका हुन् ।