नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो तथ्यांक गत जनवरी १ देखि ७ अक्टोबरसम्मको हो । महाशाखाका अनुसार यस अवधिमा हालसम्म १७ हजार ६०२ जनामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ ।

डेंगुबाट ७६ जिल्ला प्रभावित रहेका छन् । प्रभावित जिल्लामध्ये सबैभन्दा बढी कास्की जिल्लामा २ हजार ७०९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै, दोस्रो स्थानमा काठमाडौँमा २ हजार ५६७ जना, तनहुँमा १ हजार ९५४ जना, पर्वतमा १ हजार ४२१ र चितवनमा ९ सय ७ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमध्ये गण्डकी प्रदेशमा सबैभन्दा बढी ८ हजार ६२ जनामा डेंगु देखिएको छ । त्यसपछि बागमती प्रदेशमा ५ हजार ५७१ जनामा डेंगु सङ्क्रमित छन् ।

यसैगरी, कोशी प्रदेशमा १ हजार ४२२ जना, लुम्बिनीमा १ हजार १३५, सुदूरपश्चिम प्रदेशमा ८ सय १८, मधेसमा ३ सय ४३ तथा कर्णाली प्रदेशमा २ सय ५१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

मङ्लबार, २२ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !