file photo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निम्न वर्गका स्थानीयहरुलाई पनि जलविद्युत आयोजनाहरुमा शेयर दिनेगरी छलफल अघि बढाएको बताएका छन्।

सोमवार पत्रकारसँग उनले यस्तो बताएका हुन्। उनले कुनै पनि जलविद्युत आयोजना बनाउँदै गर्दा प्रभावित क्षेत्रका नागरिकले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था रहेको तर पैसा नहुने वर्ग शेयर लगानी गर्नबाट वञ्चित हुने भएकाले उनीहरुले पनि १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्थाको लागि सरकारले काम गरिरहेको दावी गरे।

उनले कुनै आयोजना विकास हुँदै गर्दा स्थानीयले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था रहेको बताए। उनले १० प्रतिशत शेयर लगानी गर्न पाउने तर पैसा नहुनेले लगानी गर्न नसक्ने अवस्था भएको भन्दै पैसा नहुनेले शेयर कसरी प्राप्त गर्छन् भन्ने कुराको छलफल र खोजी भइरहेको बताए।

उनले तल्लो वर्गलाई समृद्ध बनाउने सरकारको लक्ष्यअनुरुप तल्लो वर्ग समृद्ध नभइ मुलुक समृद्ध हुन नसक्ने बताए। उनले केही मुट्ठिभर मानिस समृद्ध बनेर नेपाल समृद्ध बन्न नसक्ने दावी गरे। उनले तल्लो वर्गले पनि जलविद्युत आयोजनामा १० प्रतिशत शेयर प्राप्ति गर्नेगरी समावेश गर्ने छलफल अघि बढाएको बताए।

उनले नेपालको पानी जनताको लगानी भन्ने अघिल्ला सरकारले गरेका निर्णयलाई फाउण्डेशनको रुपमा लिएको बताए। उनले सकारात्मक कुरालाई समावेश गरेर जाने बताए।

‘नेपालको पानी जनताको लगानी भनेर अघिल्ला सरकारले निर्णय गरेका छन्। त्यो निर्णयलाई फाउण्डेशनको रुपमा लिएको छु। कुनै आयोजनाहरु विकास हुँदै गर्दा स्थानीयले १० प्रतिशत शेयर लगानी गर्न पाउने भन्ने छ‚’ उनले भने, ‘१० प्रतिशत शेयर लगानी गर्न पाउने तर पैसा हुनेले हाल्न पाउने पैसा नहुनेले लगानी गर्न नसक्ने भयो। पैसा नहुनेले शेयर कसरी प्राप्त गर्छन् भन्ने कुराको छलफल र खोजी भइरहेको छ।’

उनले सरकारले अबको १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको बताए। उनले २८ हजार ५ सय मेगावाटमा १३ हजार ५ सय नेपालमा नै खपत गर्ने र १५ हजार मेगावट विद्युत विदेशमा निर्यात गर्ने योजनाका साथ सरकारले काम गरिरहेको दावी गरे।

मङ्लबार, २२ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !