स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल इपानका पूर्व अध्यक्ष तथा जलस्रोतविद् शैलेन्द्र गुराँगाईले आफै लगानी नगरी व्यक्तिको जिवनमा समृद्धि नआउने दाबी गर्नु भएको छ ।

संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसिएसन एसकाजले आज काठमाडौमा गरेको कार्यक्रममा उहाँले जिवनलाई सार्थक र समृद्धितिर डो¥याउन व्यक्ति आफैले लगानी गर्नु पर्ने बताउनुभएको हो ।

व्यक्ति, समाज, जिल्ला र देश आर्थिक रुपले सम्पन्न हुन आफै लगानी गर्ने बातावरण बनाउनु पर्ने उहाँको भनाई थियो । लगानी गर्नको लागि कागजी र कानुनी झन्झट भएकाले सरकारले लगानीमैत्री वातावरण बनाउन कानुनलाई चुस्त र सरलिकृत गर्दे लैजानु पर्ने उहाँको भनाई थियो । जलस्रोतमा लगानी गर्न व्यक्ति स्वस्फूर्त रुपमा चाहन्छ तर, यसका प्रकृयालाई सरलीकृत गर्नु पर्ने उहाँको भनाई छ ।

नेपालमा उर्जाको सम्भावना अत्याधिक भएकाले उर्जामा जनता आफैले लगानी गर्ने वतावरण बनाउनु पर्नेमा जोड दिनुभयो । उर्जामा जनताको पहुँच पुग्न नदिनको लागि बिभिन्न तानाबुना रचिने गरेको भन्दै जनता आफै पनि सजग हुनु पर्ने उहाँको भनाई थियो । चिलिमे जलबिद्युत आयोजना जनताको स्वस्फूर्त लगानीमा निमार्ण भएकाले त्यसको प्रतिफल पनि रसुवाली जनताले पाएको बताउनुभयो ।

स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका पूर्व अध्यक्षसमेतरहेका गुराँगाईले जनताको पानी जनताकै लगानी भन्ने सरकारको संकल्प अनुसार उर्जामा लगानी गर्ने बातावरण बनाउन इपानले भूमिका खेल्ने प्रष्ट पार्नुभयो ।

व्यक्तिलाई लगानी गर्ने वातावरण नबनाउन बिभिन्न रणनीति बन्ने गरेको भन्दै अरुले गरीदिएको लगानीबाट व्यक्तिमा समृद्धि नआउने ठोकुवा गर्नुभयो । लगानीको लागि बिदेशीको मुख ताक्ने प्रवृद्धि हावि भएकाले यसबाट मुक्ति पाउन पनि जनता आफैले लगानी गर्नु पर्ने उहाँको भनाई थियो । कुनै व्यापार,व्यवसायको लागि आफै लगानी गर्न उहाँले सबैसंग आग्रह पनि गर्नुभयो ।

बिदेशीले लगानी गरे उनीहरु नै समृद्ध हुने भएकाले आफै लगानी गर्न उत्साहित हुनु पर्ने उहाँको भनाई थियो ।

मङ्लबार, १८ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !