फ्रान्सस्थित नेपाली दूतावासले पोर्चुगलमा सञ्चालन गरेको राहदानी नवीकरण घुम्ती सेवामा तीन हजार ८२९ जनाले सेवा लिएका छन् । पोर्चुगलको राजधानी लिस्वनमा अगष्ट २ देखि १३ सम्म राहदानी घुम्ती सेवा सञ्चालन गरिएको थियो ।

“घुम्ती सेवाबाट तीन हजार ८२९ नेपालीले आफ्नो राहदानी नवीकरणको सेवा लिनु भएको छ, जसमा १२१ जना नाबालक, तीन हजार ३८० नवीकरण र हराएका ३२८ जना रहेका छन्,” फ्रान्सस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासका अनुसार राहदानी सेवा सञ्चालनबाट चार लाख ९१ हजार ५८० यूरो (सात करोड २० लाख ११ हजार ५५४ रुपैयाँ) राजस्व संकलन भएको छ ।

घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली दूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी भएका थिए ।

घुम्ती सेवाको व्यवस्थापन गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो । पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरूले आ–आफ्नो स्थानबाट विभिन्न भूमिकामा सहयोग गरेको दूतावासले जनाएको छ । पोर्चुगलमा हाल ५० हजार भन्दा बढी नेपाली रहेका छन् ।

बुधबार, ३० साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !