राष्ट्रियसभा सदस्यको १९ पदका लागि आज मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि नै मतदान सुरु भएको छ ।

निर्वाचन अन्तर्गत् सातै प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई रङको मतपत्रको व्यवस्था गरिएको छ। रातो रङ पालिका प्रमुख उपप्रमुखका लागि र हरियो रङको मतपत्र प्रदेश सभासदस्यका लागि व्यवस्था गरिएको छ । निर्वाचनको परिणाम आजै रातिसम्ममा आउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलले आ-आफ्नो समिकरण बनाई उम्मेदवार बनाएका छन् । आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।

सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सङ्घीय संसद्‍मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्।

बुधबार, १२ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान