file photo

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले व्यावसायिक सीप विकासका कार्यक्रम शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन्।

अनेरास्ववियु जिल्ला कमिटी काठमाडौँले आज आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा उनले दक्ष जनशक्ति उत्पादन गर्ने पाठ्यक्रमले विद्यार्थीलाई स्वरोजगार अभिवृद्धि गर्ने र उनीहरूको आम्दानी वृद्धि गर्ने विश्वास व्यक्त गरे।

व्यावसायिक सीपका माध्यमबाट उनीहरूले जस्तोसुकै चुनौतीको सामना गर्नसक्ने बताउँदै अध्यक्ष नेपालले पास भएका विद्यार्थीमा सङ्कटसँग जुध्नसक्ने क्षमता एवं सामाजिक र देशभक्तिको भावना विकास भएको हुनुपर्ने विचार व्यक्त गरेका हुन्।

स्वदेशी शैक्षिक संस्थाले अन्तर्राष्ट्रिय तहका पाठ्यक्रमसँग समन्वयगरी शिक्षा क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउनुपर्ने जरुरी रहेको उनको भनाइ थियो। विद्यार्थीलाई खोज अनुसन्धानमा केन्द्रित गर्न सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउँदै अध्यक्ष नेपालले भने, ‘विद्यार्थीले कडा परिश्रम गर्नुपर्दछ, परिवार सङ्कटमा छ भने त्यो सङ्कटको साथी बन्नुपर्छ। संसारको कुनै कुनामा पुगे पनि म त नेपाली हुँ भन्ने भावना राख्नुपर्छ। देशभक्तिपूर्ण सोच निर्माण गर्नुपर्छ।’

अध्यक्ष नेपालले पछिल्लो समयमा सूचना प्रविधिमा भएको विकासले ज्ञानको दायरा फराकिलो बनाएको, पठन शैलीलाई सहज बनाएको र विषयवस्तुको विश्लेषण तथा आलोचनात्मक समीक्षा गर्न विद्यार्थीलाई सहयोग पुर्‍याएको बताए। उनले जीवनमा जति सफलता प्राप्त गरे पनि विद्यार्थीले अभिभावक, गुरुवर्गलगायत मान्नुपर्ने मान्छेलाई सम्मान र आफूभन्दा सानालाई माया गर्नुपर्नेमा जोड दिए।

बुधबार, १६ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो