नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य देख्ने वातवरण बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा राष्ट्रिय युवा परिषदसँगको ब्रिफिङमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

मन्त्री चौधरीले भने, ‘नेपाली युवाहरुलाई उद्यमशीलताको बाटोमा सहज ढंगले लाग्ने वातवरण बनाउनुपर्दछ।नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्‍ने वातवरण बनाउनु नै मुख्य चुनौती हो। यसबारे सबै सरोकारवालाले गम्भीर भएर लाग्नुपर्दछ ‘

मन्त्री चौधरीले युवा शक्तिलाई परिचालन गर्न सकेमात्र मुलुकले समृद्धिको पाइला चाल्न सकिने जिकिर गरे।उनले युवा जनशक्तिको वढ्दो पलायनमा चिन्ता व्‍यक्त गरे। ‘ नेपाली युवाहरू दिनदिनै एयरपोर्टबाट विदेश उडिरहेका छन्,’ मन्त्री चौधरीले चिन्ता व्‍यक्त गर्दै भने, ‘युवा पलायन किन भइरहेका छन्, यसबारेमा सोच्न् बेला आएको छ।’

कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुको अपेक्षाका तुलनामा बजेट अपर्याप्त रहेको बताए। बस्नेतले कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत जनसङ्ख्या युवाको रहेकाले युवाको सवाल र समस्यालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्नका लागि कार्यविधि संशोधन गरेर युवा उद्यम कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी समेत गराए।

कार्यक्रममा मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालय र परिषदबीच समन्वय गरी युवाक पक्षमा नतिजामुखी काम गर्नुपर्ने बताए।

कार्यक्रममा परिषदका प्रशासकीय प्रमुख दिनेश घिमिरले परिषदकातर्फबाट भएका कामसहित नयाँ आर्थिक वर्षमा गरिने कार्यक्रम र योजनाको विस्तृत रिपोर्ट पेश गरेका थिए।

शुक्रबार, ४ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान