Trending
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मुलुकको वर्तमान अवस्थाका विषयमा १५ बुँदे धारणा सार्वजनिक गरेको छ ।
पार्टी अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने भनिएको धारणा आइतबार विज्ञप्तिमार्फत् सार्वजनिक गरिएको हो ।
एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओली र पत्नी राधिका शाक्यमा कोरोना संक्रमण पुष्टि भएपछि पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने भनिएको धारणा विज्ञप्तिमार्फत् सार्वजनिक गरिएको हो ।
एमालेले सरकारको छ महिना कार्यकालको गतिविधिबारे पार्टीको आधिकारिक धारणा सार्वज्निक गरेको हो ।