नेपाल टेलिकमले नमस्ते वाईफाई सेवा शुरू गरेको छ ।

कम्पनीले एफटीटीएच सेवा उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डेटा तथा भ्वाइस सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो सेवा विस्तार गर्न लागेको हो ।

टेलिकमले नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरू आवश्यक डिभाइससहित ग्राहकलाई सहज उपलब्ध गराउन साइबरनेटिक्स प्रालिसँग सम्झौता समेत गरेको छ ।

बुधबार सम्पन्न उक्त सम्झौतामा कम्पनीका प्रमुख व्यावसायीक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् । फोरजी एलटीई नमस्ते वाई–फाईमार्फत नेपाल टेलिकमले हाल इन्डिभिजुअल र गभर्मेन्ट इन्स्टिच्युसन गरी दुई प्रकारका प्याकेजहरू उपलब्ध गराइरहेको छ ।

इन्डिभिजुअल प्याकेज अन्तर्गत कम्पनीले ८०० रुपैयाँमा ३० दिनका लागि ६० जीबी डेटा उपलब्ध गराएको छ । यस बाहेक एक वर्षका लागि ९,००० रुपैयाँमा ७२० जीबी डेटा प्याकेज समेत रहेको छ । जुन प्रतिमहिना ६० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यी दुवैमा एड अन प्याकको रुपमा चार सय रुपैयाँमा १५ दिनका लागि ६० जीबी डेटा प्याक समेत लिन सकिन्छ ।

त्यस्तै होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत १,२०० रुपैयाँमा ३० दिनका लागि १२० जीबी डेटा उपलब्ध छ । एक वर्षका लागि १३,५०० रुपैयाँमा १,४४० जीबी डेटा रहेको प्याकेज समेत ग्राहकले खरिद गर्न सक्नेछन् । जुन प्रतिमहिना १२० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवै प्याकेजमा एड अन प्याकको रुपमा ६०० रुपैयाँमा १५ दिनका लागि १२० जीबी डेटा प्याक लिन सकिन्छ ।

अर्कोतर्फ गभर्मेन्ट इन्स्टिच्युसन प्याकेजमा ३,६५० रुपैयाँ र २,१०० रुपैयाँमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरू उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डेटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ ।

 

शुक्रबार, ७ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !