सर्लाहीमा अझै ८ हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाको तथ्याङ्क अनुसार जिल्लाभर आठ हजार २७७ जना बालबालिका विद्यालय बाहिर रहेका छन् । विद्यार्थी भर्ना अभियान जारी रहँदा ती बालबालिकालाई विद्यालयमा भर्ना गराउन २० वटै पालिकाका विद्यालयले घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।

विद्यालय भर्ना हुने उमेर पुगिसकेका पाँच वर्षदेखि १२ वर्षसम्मका आठ हजार २७७ जना बालबालिका विद्यालय बाहिर रहेका पाइएको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जानकारी दिए ।

यी बालबालिका इँटा भट्टा, मोटरसाइकल ग्यारेज, यातायातका साधन, होटललगायतमा श्रम गरिरहेका छन् । विद्यालय बाहिर रहेका बालबालिकामध्ये चार हजार ४८० जना बालक र तीन हजार ७९७ जना बालिका रहेका छन् । यीमध्ये सबैभन्दा धेरै मुसहर समुदायका बालबालिका रहेका छन् ।

जिल्लामा सबैभन्दा धेरै बरहथवा नगरपालिकामा बालबालिका विद्यालय बाहिर रहेका छन् । जिल्लामै सबैभन्दा बढी वडा अर्थात् १९ वटा वडा रहेको बरहथवामा ३६९ जना बालक र ४६३ जना बालिका विद्यालय बाहिर रहेका छन् ।

सबैभन्दा कम जिल्लामै सानो पालिकाको रुपमा छ वटा वडामात्रै रहेको पर्सा गाउँपालिकामा १२७ जना बालक र ११५ जना बालिका विद्यालय बाहिर रहेका छन् ।

४४२ वटा सामुदायिक विद्यालय रहेको सर्लाहीमा शैक्षिक सत्र २०८० को तथ्याङ्क अनुसार बालविकासदेखि कक्षा १२ सम्म एक लाख एक हजार ४३३ जना छात्रा र ९० हजार २६७ जना छात्र विद्यालयमा भर्ना भएका छन् ।

शुक्रबार, १४ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !