रसुवामा पहिरोले घर बगाउँदा एकै परिवारका ३ को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारी अनुसार बिहीबार बिहान आएको पहिरोले नौकुण्ड गाउँपालिका(५ कोलडाँडाका श्यामबहादुर घलानकी श्रीमती, छोरा र छोरीको मृत्यु भएको हो ।

त्यस्तैगरी अर्का एक बेपत्ता भएको र उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ । श्यामबहादुरकी श्रीमती ३२ वर्षीय कमला, ११ वर्षीया छोरी सोकिता, ८ वर्षकी छोरा सुकुमाया र ७ वर्षीय छोरा आषिस पुरिएका थिए ।

जसमा ३ जनाको शव फेला परिसकेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । घाइते अवस्थामा फेला परेको श्यामबहादुरको उद्धार गरि उपचारका लागि काठमाडौ ल्याइएको प्रहरीको भनाइ छ ।

बिहान पहिरोले श्यामबहादुरको घर बगाएको भन्ने थाहा पाएपछि स्थानीय घटनास्थल पुगेका थिए । त्यसपछि प्रहरीको टोली आएर श्यामबहादुरको उद्धार गरेको हो । पहिरो पन्छ्याएर खोजी गर्दा ३ को शव फेला परेको प्रहरीको भनाइ छ ।

बिहिबार, ३ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !