काठमाडौको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालले झण्डै डेढ लाखको आँखाको शल्यक्रिया गरेको छ । हालसम्म ३४ लाख ३८ हजार ५ सय ७२ जनाको आँखाको जाँच र १ लाख ३७ हजार १ सय ७४ जनाको आँखाको शल्यक्रिया गरेको जानकारी दिएको छ । आज काठमाडौँमा अस्पतालले पत्रकार सम्मेलन गरी अस्पताल स्थापनाको ५० औं स्वर्ण महोत्सवको अवसरमा उक्त जानकारी दिएको हो । अस्पतालले पछिल्लो ८ महिनामा ३ हजार ५ सय ९८ जनाको आँखाको शल्यक्रिया गरेको र दूरदराजमा गएर आँखा शिविर सञ्चालन गरी ७ सय २१ जनाको शल्यक्रिया गरेको अस्पताल सञ्चालक समितिका सदस्य युद्धध्वज सापकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालले पछिल्लो ८ महिनामा १ लाख १ हजार ७ सय ३४ जनाको बहिरङ्ग विभागबाट उपचार गरेको बताए ।
यस्तै अस्पतालले १६ वर्षभन्दा मुनिका १५ हजार ४० बालबालिकाको उपचार गरेको र २ हजार ७ सय ३५ जनाको इमर्जेन्सीबाट उपचार गरेको उनले जानकारी दिए । उनका अनुसार अस्पतालबाट १५ जना नेत्र विशेषज्ञ र १ सय १३ जना कर्मचारीहरूबाट आँखा सेवाको विशिष्टीकृत सेवा प्रदान गरिँदै आइएको छ। उनले कोर्निया, मोतिबिन्दु, जलविन्दु, रेटिना, अकुलोप्लाष्टि एवं बाल आँखा सेवाको लागि अलग्गै भागहरूबाट अस्पतालले सेवा दिँदै आएको बताए । हाल यो अस्पतालले दैनिक ४ सय देखि ७ सय जनालाई बहिरङ्ग सेवा दिँदै आएको उनको भनाइ छ।
अस्पतालले विद्यालय स्तरका विद्यार्थीहरूको आँखा जाँच गरी निःशुल्क चश्मा प्रदान गर्दै आएको र यस वर्ष मात्रै १४ हजार ९ सय ९४ जनाको दृष्टि परीक्षण गरी १ हजार १० जनालाई निःशुल्क चश्मा वितरण गरिएकोमा आगामी वर्ष २० हजार विद्यार्थीको आँखा परीक्षण गरी १ हजार ५ सय निःशुल्क चश्मा वितरण गर्ने योजना रहेको उनले जानकारी दिए । गत ४ वर्षमा अस्पतालबाट सेवा लिने विरामीको संख्यामा ५० प्रतिशतले वृद्धि भई पछिल्लो १ वर्षमा १ लाख ५४ हजार विरामीलाई सेवा प्रदान गरिएकोमा ११ हजारको आँखाको शल्यक्रिया गर्न सफल भएको सापकोटाले बताए । गत वर्षदेखि अस्पतालले समय नपुगी जन्मेका र कम तौल भएका बच्चाको आइसियुमा उपचार गर्दा आँखामा दृष्टि पर्दाको रोग लाग्ने भएकोले विभिन्न सँस्थासँग सहकार्य गरी उक्त रोगको पनि उपचार गर्ने गरेको सापकोटाले जानकारी दिए । उनले हालसम्म ४ सय बच्चाहरुको स्क्रिनिङ ३५ जनाको उपचार र १ महिना भन्दा कमको बच्चाको आँखाको शल्यक्रिया समेत गरिएको बताए ।

अस्पतालले विशेषगरी विपन्न र सिमान्तीकृत वर्गको पहुँचका लागि सर्वसुलभ सेवा उपलब्ध गराइएको र आगामी दिनमा अस्पतालले आफ्नो न्यूनतम शुल्क वा निःशुल्कमा समेत सेवा प्रदान गर्ने लक्ष्य राखेको उनले जानकारी दिए । यस्तै अस्पतालले ज्येष्ठ नागरिक मध्येमा ८० वर्ष नाघेका व्यक्तिहरुलाई यस वर्ष मोतिबिन्दु शल्यक्रियामा ५० प्रतिशत सहुलियत गरी सेवा दिएको सापकोटाको भनाइ थियो। नेपाल आँखा अस्पताल काठमाडौँ महानगरपालिका ११ नम्बर वडामा पर्ने भएकाले ११ नम्बर वडालाई मोतिविन्दु फ्री वडा बनाउने लक्ष्य रहेको पनि उनले जानकारी दिए। उनले ६ महिना अगाडिदेखि एक्त वडामा पर्ने हरेक घरमा गई आँखाबारे चेतना फैलाउने र रोग लागेको भए उपचार गर्ने गरेको बताए । यो कार्यक्रम काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११को वडा अस्पताल र विभिन्न समाजसेवी क्लबकव सहकार्यमा गरिएको हो। यस कार्यक्रम मार्फत हालसम्म १ हजार भन्दा बढीको आँखा जाँच गरिएको र भने ३३–३४ जनाको सहुलियतमा उपचार गरिएको सापकोटाले जानकारी दिए।
अस्पतालमा बिरामीहरूको प्रतिक्षा समय लगभग १ घण्टामात्रै रहने उनले बताए । यस्तै आँखा शिविरहरूमा गत वर्ष एक हजार भन्दा बढीको आँखा शल्यक्रिया गरिएकोमा आगामी वर्ष करिव १ हजार ५ सय शल्यक्रिया गर्ने लक्ष्य रहेको उनले जनाए । अस्पतालमा हाल ५ वटा शल्यक्रिया कक्ष रहेको र थप एक शल्यक्रिया कक्ष थपगरी ६ पु¥याइएको छ । हाल बिहान १० बजेदेखि २ बजेसम्म मात्र क्लिनिक चलाउने गरेको र अब बिरामीको चापलाई मध्यनजर गरी अस्पतालले नयाँ वर्षदेखि ३ देखि ५ बजेसम्म पनि क्लिनिक चलाउन सुरु गर्ने सापकोटाको भनाइ थियो। तर बिहान भन्दा बेलुका शुल्क भने बढी लाग्ने छ।
भविष्यमा नेपाल आँखा अस्पतालमा विरामीको संख्या बढ्ने अपेक्षाले अहिलेदेखि नै अस्पतालले पूर्व तयारी गर्दै आएको सापकोटाले बताए । सापकोटाका अनुसार अस्पतालले विभिन्न प्रकारका जनशक्ति उत्पादन गर्दै आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत एम.डि.अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद अन्तर्गत नेत्र सहायक तालिम हुँदै आएको उनले बताए । उनले विरामीको सुविधाको लागि नेपाल सरकारको स्वास्थ्य बिमा योजना लागू गर्ने तर्फ प्रक्रिया अघि बढाइएको जानकारी दिए।

अस्पतालको उपत्यका बाहिर बाराको सिमरामा तथा गोरखाको भच्चेकमा आँखा उपचार केन्द्र शाखा रहेको छ भने उपत्यकाभित्र टोखा, मूलपानी र खोकनामा शाखा रहेको छ। नेपालमा आँखा स्वास्थ्यको क्षेत्रमा विशेषज्ञ स्पेसियालिटी सेवा प्रदान गर्ने नेपाल आँखा अस्पताल पहिलो अस्पताल हो ।

आइतवार, २५ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो