हिमाल आरोहणमा एक पछि अर्को कीर्तिमान कायम राख्दै आएका युवा आरोही लाक्पा शेर्पाले सातौ पटक मकालु हिमालको आरोहण गर्ने भएकाछन् । उनी मकालु हिमाल आरोहणकालागि नेतृत्व गर्दे त्यसतर्फ गएकाछन् । मकालु लाक्पाका नामले परिचित लाक्पा शेर्पा हिमाल आरोहणमा प्रख्यात नाम हो । संखुवासभाको मकालु गाउँपालिकाका शेर्पाले पटक पटक मकालु हिमाल आरोहण गरेर एकपछि अर्को कीर्तिमान कायम राख्दै आएकाछन् । नेपालमा मकालु हिमाल आरोहणको अगुवाई गर्दे आएका शेर्पा एकमात्र मकालु हिमाल आरोहणको नेतृत्व गर्ने शेर्पा हुन् ।

यस अघि पनि शेर्पाले धेरै पटक मकालु हिमाल आरोहणको नेतृत्व गर्दे मकालु हिमालमा बिदेशी पर्यटकलाई आरोहणकालागि आकर्षित गर्दे आएकाछन् । नेपालमै नामचलेको सेभेन समिट ट्रेकबाट निरन्तर आरोहण गर्दे आएका कीर्तिमानी आरोही शेर्पा लुक्ला आउटडोर कम्पनीको ब्राण्ड एम्बेसडरको रुपमा पनि रहेकाछन् ।

यो पटक भने लाक्पा शेर्पाले बिभिन्न देशका ३५ जना आरोहिलाई मकालु हिमालको आरोहण गराउने भएकाछन् । यस बाहेक अरु ३५ जना शेर्पा पनि उन्को टिममाम छन् । सबैको नेतृत्व यी नै लाक्पाले गरी रहेकाछन् । हिमाल आरोहण गर्ने र गराउने कम चुनौतिपूर्ण छैन । किन भने आफू एक्लै उनी हिमाल आरोहणकालागि गएकाछैनन् । उनीसंगै हिमाल आरोहणकालागि गएका सबै आरोहिलाई हिमाल आरोहण गराउने चुनौति छ शेर्पालाई । जस्तो चुनौति भए पनि हिमाल आरोहण गर्ने र गराएर फर्कने उन्को धोको छ । त्यसपछि उन्ले अर्को कीर्तिमानी राख्ने त पक्का छ ।

बिहिबार, १५ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान