एजेन्शी र अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै नागरिकको उद्धार नगरुञ्जेल अमेरिकी सेना अफगानिस्तानमै रहने बताएका छन्।

अमेरिकाले हालसम्म आफ्ना कुटनीतिक कर्मचारीसहित ५ हजार नागरिकको उद्धार गरिसकेको छ। अमेरिकी रक्षामन्त्री लयोड अस्टिनले अमेरिकी नागरिकको उद्धार लक्ष्य पूरा नहोउन्जेल अमेरिकी सेना काबुल अन्तर्राष्ट्रिय विमानस्थलमै रहने उल्लेख गरे। उनले सेनाले काबुल विमानस्थलको सुरक्षा गर्ने तर कसैलाई तर्साउनका लागि हतियारको प्रयोग भने नगर्ने बताए।

साथै जोखिममा रहेका अफगानी नागरिकको सुरक्षाका लागि अमेरिकी सेना केही समय काबुलमा रहे पनि अगष्टको अन्त्यसम्ममा फिर्ता भइसक्ने उल्लेख गरेको अलजजीराले जनाएको छ।

अफगानिस्तान मिसनमा रहेको अमेरिकी सेना फिर्ता हुँदै गर्दा काबुल तालिबानको कब्जामा गएपछि अमेरिकाले पुनः झण्डै ५ हजार सैनिक अफगानिस्तान पठाएको थियो। यसैबीच हिजो काबुल पूर्वको जलालाबाद शहरमा तालिबानविरुद्ध भएका प्रदर्शनमा तालिबान लडाकुले गोली चलाएका छन्। प्रदर्शनकारीले जलालाबादमा तालिबानको झण्डा हटाएर अफगानिस्तानको झण्डा राख्न खोज्दा भएको गोली प्रहारमा कम्तीमा ३ जनाको मृत्यु भएको थियो।

बिहिबार, ३ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !