कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा अवस्थित नेपालकै ठूलो तथा गहिरो ताल राराताल रहेको क्षेत्रमा प्रदेशस्तरीय कबड्डी प्रतियोगितमको आयोजना गरिने भएको छ ।

खेलकुदका माध्यमबाट राराको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सघाउ पुगोस् भन्ने उद्देश्यले पहिलोपटक पर्यटकीयस्थल रारामा कबड्डी खेलको आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले बताए । आगामी वैशाखको दोस्रो हप्ता कर्णाली प्रदेशका १० वटै जिल्लाका कबड्डी खेलाडीको सहभागितामा उक्त खेलको आयोजना हुने बताइएको छ ।

आवश्यक पूर्वाधार अभावका कारण प्रायः खेल गतिविधि न्यून हुँदा विभिन्न खेल विधाका खेलाडी खेल खेल्नबाट वञ्चित रहँदै आएका छन् । जिल्ला सदरमुकाममा हालसम्म पनि कुनै पनि किसिमका उपयुक्त खेल मैदान, कभर्डहल नहुँदा मुगुका खेलाडी खेल खेल्ने अधिकारबाट वञ्चित हुँदै आएका छन् ।

कबड्डीका लागि पर्याप्त समथल चौर भएको राराको तल्लो मिलीमा आगामी वैशाखको ११ देखि १५ गतेसम्म खुल्ला महिला तथा पुरुष कबड्डी खेलको आयोजनाका लागि सहमति जुटेको अध्यक्ष मल्लले बताए ।

शुक्रबार, २ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !