अरुण तेस्रो प्रवेशर्माग मुआब्जा पीडित संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ ।

समितिका केन्द्रीय संयोजक जनिकुमार राईले अरुण तेस्रो परियोजनाको निर्माण कार्य ५० प्रतिशत सम्पन्न हुँदासमेत मुआब्जा नपाएकाले आन्दोलनको घोषणा गर्नु परेको बताउनुभयो । उहाँले यहि माघ ५गते देखि चरणबद्ध आन्दोलनको घोषणा गरेको जानकारी दिनुभयो । आयोजना प्रभावित यहाँका झण्डै ४ सय घर धुरी मुआब्जापीडित आन्दोलनमा सरीक हुने उहाँको भनाई छ ।

सरोकार समितिका स्थानीय संयोजक हर्कसिंह राईले लगानी बोर्डले यहाँको झण्डै ५ सय २४ रोपनी जग्गाको मुआब्जा बितरणको अनुमानित बजेटको बारेमा जिल्ला प्रशासन कार्यालय संखुवासभालाइ ४ महिना अगाडि नै सोधनी भए पनि प्रशासनले कुनै सुनुवाई नगरेका कारण आन्दोलन गर्नु परेको बताउनुभयो ।

उनीहरुले पिडिएमा लेखिए बमोजिम स्थानीयको हकअधिकारको ग्यारेण्टी हुनु पर्ने र सम्पूर्ण समस्या सामधान गर्न कम्तीमा १ अर्व बजेट बिनियोजन गर्न पनि माग गरेकाछन् । त्यसै गरी सर्वदलीय र सर्वपक्षिय बैंठकको निर्णय अनुसार सालाखाला प्रतिरोपनि १५ लाख रुपैया निर्धारण गर्न पनि माग गरेकाछन् । आयोजना क्षेत्रमा दर्ता छुट जग्गाको लागि राहत र पुर्नवासको मागसमेत उनीहरुले राखेकाछन् ।

संयोजक राईले आफ्ना माग प्रति बेवस्ता गरे प्रवेशमार्ग बन्द गरी पावर हाउसको काम ठप्प पार्ने चेतावनी दिनुभयो । स्थानीयले पावरहाउँस जाने प्रवेशमार्ग छ्याङकुटी, दिदीङ सडक खण्डको २४ किलोमिटर सडकको छुट मुआब्जा पाउन सकेका छैनन् । संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सातवटा सरकारी निकायको कार्यदलले अध्ययन गरी गत बर्ष फागुन ११ गते लगानी बोर्डको कार्यालयमा पेश गरी सकेको छ ।

अरुण तेस्रो जलबिद्युत आयोजनाबाट सर्वसाधरण पीडित हुँदासमेत स्थानीय राजनीतिक दल मुकदर्शक भएको आरोप उनीहरुले लगाएकाछन् । बिगतमासमेत आफ्ना अधिकारको लागि पटक–पटक आन्दोलन गरेको तर, सम्झौता अनुसार कार्यान्वयन नभएकाले पुनःआन्दोलन गर्नु परेको उनीहरुको भनाई छ ।

आफ्ना माग बारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकष्ण खाँणको ध्यानाअकर्षण गराई सकेको राईको भनाई छ । उनीहरुले यो आन्दोलनबाट सबै टुंगो लाग्ने पनि चेतावनी दिएकाछन् । आफ्नो अधिकारका लागि मर्न समेत पछि नहट्ने भन्दै गाँसबासको उचित सुरक्षाको ग्यारेण्टी नभएसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।

मङ्लबार, २७ पुस, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो