पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले गरिबी, कुपोषण, वृद्धावस्था र मातृ एवं नवजात शिशुको मृत्युको चुनौतीसँग लड्नका लागि मिलेर काम गर्न राष्ट्रलाई आह्वान गरेका छन् ।

आइतबार यहाँ एक कार्यक्रममा उनले मुलुकमा दुई करोड ६० लाख बालबालिका विद्यालय बाहिर रहेको उल्लेख गरे ।

उनले चीनले स्वास्थ्य र शिक्षा क्षेत्रमा ध्यान केन्द्रीत गरेको भन्दै करिब ८० करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको बताए । राष्ट्रपति अल्वीले पाकिस्तानले पनि सोही मोडेल पालना गर्नुपर्नेमा जोड दिए ।

मुलुकको विकासमा महिलाको भूमिकामाथि प्रकाश पार्दै उनले पाकिस्तानमा महिला सशक्तीकरणको लक्ष्यलाई प्राप्त गर्न उनीहरूका लागि स्वास्थ्य र शिक्षा सुविधाहरूको प्रावधान महत्त्वपूर्ण तत्व भएको बताए ।

उनले महिलाहरूलाई श्रमशक्तिमा सामेल गरी र उनीहरूलाई मुलुकको आर्थिक वृद्धिमा योगदान दिनका लागि सुरक्षित कामकाजी वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

सोमवार, १४ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान