संखुवा खोला जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । आज नेपाल विद्युत् प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रा.लि.बीच ४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर भएको हो । पीपीएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवर्द्धक कम्पनी (गुराँस हाइड्रो) का तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन् । सुख्खा याम (मङ्सिर १६ देखि जेठ १५) सम्मका लागि ४ रुपैयाँ ८० पैसा र वर्षा याम (जेठ १६ देखि मङ्सिर १५) सम्मका लागि आठ रुपैयाँ ४० पैसा कायम रहने गरी पीपीए सम्पन्न भएको हो । आयोजनाको कुल लागत ७ अर्ब ९७ करोड ५ लाख ८८ हजार पाँच सय रुपैयाँ (भ्याटसहित) रहने आयोजनाका अध्यक्ष शिव प्रसाद घिमिरेले जानकारी दिए ।
विद्युत् विकास विभागले आयोजनाको अध्ययन गर्दा लागेको खर्च तिरेर गुराँस कम्पनीले प्रतिस्पर्धाबाट यो आयोजना प्राप्त गरेको हो । यस आयोजनाको बाँध संरचना सङ्खुवासभाको सिलिचिङ गाउँपालिकामा रहेको छ भने विद्युत् गृह भोजपुरको साल्पाचिलिचो गाउँपालिकामा छ । आयोजनाको विद्युत् गृहमा करिब २१ मेगावाट क्षमताका २ वटा विद्युत् उत्पादन युनिट रहने गरी डिजाइन गरिएको छ । २०७७ सालमा विद्युत्को ग्रिड कनेक्सन सम्बन्धी सम्झौता सम्पन्न भइसकेको यस आयोजनाको बिजुली सङ्खुवासभाको शीतलपाटी सबस्टेशनसम्म २३२ केभी ४ किलोमिटर प्रसारण लाइन बनाएर जोडिने छ ।

बिहिबार, १० फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो