संखुवासभा समाज अमेरिकाले आर्थिक समस्याका कारण उपचार गराउन समस्या भएपछि बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

संखुवासभाको मादी नगरपालिका वार्ड नम्बर–५ मादी रामबेनीका जिवप्रसाद दाहाललाई आर्थिक सहयोग गरेको हो । लामो समयदेखि मुटुको समस्या भएपछि उन्को उपचार खर्च महङ्गो भएपछि संखुवासभा समाज अमेरिकाले आज एकलाख ३१ हजार ६ सय रुपैया स्वास्थ्यको कामना गर्दे आर्थिक सहयोग गरेको छ ।

बिरामी दाहालको मनमोहन कार्डोथेरोसीस भास्कुलर ट्रान्सप्लान सेन्टरमा उपचार भई रहेको छ । संखुवासभा समाज अमेरिकाकी अध्यक्ष समाजसेवी शान्ति श्रेष्ठले आज संखुवासभा काठमाडौ पत्रकार समाजको कार्यालयमा बिरामीका आफन्तलाई नगद हस्तान्तरण गर्नुभयो । उहाँले यस अघि पनि आर्थिक समस्यामा परेका बिरामीलाई सहयोग गर्दे आउनु भएको छ । शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा उहाँले निरन्तर सहयोग गर्दे आउनु भएको छ ।

यसैगरी संखुवासभा समाज कतारका अध्यक्ष तथा समाजसेवी राजेन्द्र खनालले पनि बिरामीका आफन्तलाई तीनहजार रुपैया हस्तान्तरण गर्नुभयो । कतार समाजले पनि अप्ठ्यारोमा परेका र आर्थिक समस्यामा परेका बिरामीलाई सहयोग गर्दे आएको छ ।

बिहिबार, २५ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान