लडेर मस्तिष्कघात भएकी संखुवासभा च्याम्ताङकी फुपुलामु भोटेलाई संखुवासभा समाज अमेरिकाले सहयोग गरेको छ ।

काठमाडौमा एक कार्यक्रमका बीच संखुवासभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठले भोटेलाई एकलाख १६ हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । आर्थिक अवस्था अत्यन्त कमजोर भएपछि भोटेको उपचारमा समस्या हुँदै आएको थियो ।

त्यसैगरी च्यामताङ–काठमाडौ कल्याण समाजलेसमेत भोटेको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले संकलन गरेको २६ लाख ५२ हजार रुपैयाँ प्रदान गरेको अध्यक्ष पेम्बा भोटेले बताए ।

पाँच वर्षअघि श्रीमान बितेपछि भोटेलाई आफ्ना तीन बालबच्चा पाल्न समेत समस्या पर्दे आएको थियो । उनको हेलिकोप्टरबाट काठमाडौमा ल्याएर उपचार भइरहेको छ ।

संखुवासभा समाज अमेरिकाकी अध्यक्ष श्रेष्ठले सामाजिक काममा समर्पित हुन पाउँदा खुशी लागेको बताइन । आगामी दिनमा समेत अप्ठ्यारोमा परेकाहरुका लागि सहयोग गर्ने उनीले बताइन । अमेरिकामा बसेर पनि उहाँले यसअघिदेखि निरन्तर सहयोग गर्दे आउनु भएको छ ।

आइतवार, ७ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान