शनिबार बिदाको दिनको मौका पारेर राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिले दाउराका लागि वन खुला गरेको थियो । बिहानै पाका उमेरका धनबहादुर चलाउनेसहित स्थानीयहरू दाउरा ल्याउन जङ्गल गए ।

बाटोमा बाघबाट सतर्क रहन धनबहादुर सबैलाई सल्लाह दिँदै हुनुहुन्थ्यो । वन पुगेपछि सबै जना वरपर आ–आफ्नो दाउरा भारी बनाउन लागे । अरूलाई सतर्क रहन सल्लाह दिने धनबहादुरलाई खोल्सामा लुकेको बाघले झम्टियो । गाउँलेहरू चिच्याउँदै रित्तै घर फर्किए । यो घटना करिब दुई वर्षअघि राप्तीसोनारी गाउँपालिका–६ डाँडाटेपरी बाँकेको हो । वन–वन्यजन्तुबारे अनुभवी धनबहादुरसँग जङ्गल जाँदा डर नहुने भन्दै सँगै गएका महिलाले फर्किएर प्रहरीलाई खबर गरे ।

सुरक्षाकर्मीसहित स्थानीयले जङ्गलमा खोजतलास गर्दा दुई घण्टापछि धनबहादुरको आधा शव फेला पर्यो । ‘धेरै पटक वन एक्लै पनि जानुहुन्थ्यो’, राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिकी उपाध्यक्षसमेत रहेकी छिमेकी गङ्गाकुमारी चन्दले भने, ‘वन जाँदा हामी सबैले उनकै भरोसा गथ्र्यौं । गत वर्ष दुःखद् घटना भयो ।’

शनिबार समितिले दाउराका लागि खुला गरे पनि साताअघि नै बाघको पाइला देखेकाले कसैलाई जङ्गल नजानु भनेको वनरक्षक अजोध्याप्रसाद थारू सम्झनुहुन्छ । ‘त्यो दिन बिहानै वनमा बाघको पाइला देखेको थिएँ । कसैलाई वन नजानु भनेर म अर्कोतिर गएँ । उता गाउँलेहरू सबै जङ्गल पसेछन् । पछि त्यस्तो घटना सुनियो’, थारूले भने ।

राप्तीसोनारीमा धनबहादुरको मात्रै होइन । त्यो समयको आसपास एउटै बाघले पाँच जनाको सिकार ग¥यो । घाँस, दाउरा काट्न वन गएकी राप्तीसोनारी–४ की लीला विष्ट, वडा नम्बर ६ कै चाँदनी थारु, वडा नम्बर ७ झगडियाका वकिल गद्दीसहित एक भारतीय नागरिकको ज्यान लिएको थियो ।

शनिबारकै दिन वन खुलाउने हुँदा चौकीदारले सतर्क रहन सबै समुदायमा माइकिङ गर्दा पनि घटना दोहोरिएको स्थानीय कृष्णबहादुर चौधरी बताए । चौधरीका अनुसार २९ वर्षीया चाँदनी थारुको पनि शनिबारकै दिन सदाबहार सामुदायिक वनभित्र दाउरा काट्दा बाघले आक्रमण गरेको थियो । जलहन सामुदायिक वनको ‘तीनपाने’ भन्ने ठाउँमा लीला विष्टले बाघको सिकार हुनुपरेको उनले सुनाए । करिब पाँच किलोमिटर टाढा पर्ने सामुदायिक वनबाट बाघ आएर डाँडाटेपरीमा पशु चौपायाको समेत सिकार गर्ने गरेको चौधरीले बताए ।

नरभक्षी बाघ नियन्त्रणमा लिन वन कार्यालयलाई भने दुई साता नै लागेको थियो । राप्ती सव–डिभिजन वन कार्यालय मेहनामपुरका वनरक्षक खडकपाली धितालले भने, ‘बाघ नियन्त्रणका लागि चितवनबाट टिम आएको थियो । जिल्ला वनको टिम, सुरक्षाकर्मीसहित स्थानीयहरू मिलेर खोज्दा कतै भेटिएन ।’

शनिबार, २१ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !